शिव मन्त्र तथा शिवजीका १०८ नाम



महाशिवरात्रिका दिन विधि-विधानपूर्वक भगवान् शंकरको पूजाअर्चना गरी व्रत बसे मनले चाहेको फल प्राप्त हुन्छ । महाशिवरात्रिमा भगवान् शिवको अभिषेक गर्दा विशेष मन्त्र जप गरे शिवजीको आशीर्वाद प्राप्त हुन्छ ।

भगवान शिवको मन्त्र


१ . ॐ शिवाय नम:

२ . ॐ सर्वात्मने नम:

३ . ॐ त्रिनेत्राय नम:

४ . ॐ हराय नम:

५ . ॐ इन्द्रमुखाय नम:

६ . ॐ श्रीकंठाय नम:

७ . ॐ वामदेवाय नम:

८ . ॐ तत्पुरुषाय नम:

९ . ॐ ईशानाय नम:

१०. ॐ अनन्तधर्माय नम:

११ . ॐ ज्ञानभूताय नम:

१२ . ॐ अनंतवैराग्यसिंघाय नम:

१३ . ॐ प्रधानाय नम:

१४ . ॐ व्योमात्मने नम:

१५ . ॐ महाकालाय नम:

१६ . शिव गायत्री मन्त्र : ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात् ।

१७ . ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ

१८ . ॐ नमः शिवाय

१९. ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं

२० . ॐ आशुतोषाय नमः ।

महाशिवरात्रिको मन्त्र

प्रथम प्रहर – ‘ह्रीं ईशानाय नमः’

द्वितिय प्रहर – ‘ह्रीं अघोराय नमः’

तृतिय प्रहर – ‘ह्रीं वामदेवाय नमः’

चौथो प्रहर – ‘ह्रीं सद्योजाताय नमः’।

महामृत्युन्जय मन्त्र ॐ त्र्यम्बन्क यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्।।

यसका साथ १०८ पटक ॐ नमः शिवायको जाप गर्नु शुभ हुन्छ ।

भगवान् शिवक‍ा १०८ नाम

१ . शिव : कल्याण स्वरूप

२ . महेश्वर : मायाको अधीश्वर

३ . शम्भू : आनन्द स्वरूप

४ . पिनाकी : पिनाक धनुष धारण गर्ने

५ . शशिशेखर : चन्द्रमा धारण गर्ने

६ . वामदेव : अत्यन्त सुन्दर स्वरूप भएका

७ . विरूपाक्ष : विचित्र अथवा तीन वटा आँखा भएका

८ . कपर्दी : जटा धारण गर्ने

९ . नीललोहित : नीलो तथा रातो रंग भएका

१० . शंकर : सबैको कल्याण गर्ने

११ . शूलपाणी : हातमा त्रिशूल धारण गर्ने

१२ . खटवांगी

१३ . विष्णुवल्लभ : भगवान विष्णुका अति प्रिय

१४ . शिपिविष्ट

१५ . अम्बिकानाथ : देवी भगवतीका श्रीमान

१६ . श्रीकण्ठ : सुन्दर कण्ठ भएका

१७ . भक्तवत्सल : भक्तलाइ अत्यन्त स्नेह गर्ने

१८ . भव : संसारका रूपमा प्रकट हुने

१९ . शर्व : कष्ट नष्ट गर्ने

२० . त्रिलोकेश : तीनै लोकका स्वामी

१२ . शितिकण्ठ:- सेतो कण्ठ भएका

२२ . शिवाप्रिय : पार्वतीका प्रिय

२३ . उग्र : अत्यन्त उग्र रूप भएका

२४ . कपाली : कपाल धारण गर्ने

२५ . कामारी : कामदेवका शत्रु , अन्धकार हर्ने

२६ . सुरसूदन : अन्धक दैत्यलाइ मार्ने

२७ . गंगाधर : गंगालाइ जटामा धारण गर्ने

२८ . ललाटाक्ष : निधारमा आँखा धारण गरेका

२९ . महाकाल : कालका पनि काल

३० . कृपानिधि : करुणाका खानी

३१ . भीम : भयंकर वा रोद्र रूप भएका

३२ . परशुहस्त

३३ . मृगपाणी : हातमा हरिण धारण गर्ने

३४ . जटाधर : जटा पाल्ने

३५ . कैलाशवासी : कैलाशमा निवास गर्ने

३६ . कवची : कवच धारण गर्ने

३७ . कठोर : अत्यन्त मजबुत शरीर भएका

३८ . त्रिपुरान्तक : त्रिपुरासुरको विनाश गर्ने

३९ . वृषांक : गोरु – चिह्नको ध्वजा बोकेका

४० . वृषभारूढ़ : गोरुमा सवार हुने

४१ . भस्मोद्धूलितविग्रह : भस्म लगाउने

४२ . सामप्रिय : सामगान सँग प्रेम गर्ने

४३ . स्वरमयी : सातै स्वरमा निवास गर्ने

४४ . त्रयीमूर्ति : वेद रूपी विग्रह गर्ने

४५ . अनीश्वर : जो स्वयं नै सबका स्वामी हुन

४६ . सर्वज्ञ : सबै कुरा जान्ने

४७ . परमात्मा : सबै आत्मामा सर्वोच्च

४८ . सोमसूर्याग्निलोचन : चन्द्र , सूर्य तथा अग्निरूपी आँखा भएका

४९ . हवि : आहुति रूपी द्रव्य भएका

५० . यज्ञमय : यज्ञ स्वरूप भएका

५१ . सोम : उमा सहितका रूप भएका

५२ . पंचवक्त्र : पाँच मुख भएका

५३ . सदाशिव : नित्य कल्याण रूप भएका

५४ . विश्वेश्वर : विश्वका ईश्वर

५५ . वीरभद्र : वीर तथा शान्त स्वरूप भएका

५६ . गणनाथ : गणका स्वामी

५७ . प्रजापति : प्रजाको पालन- पोषण गर्ने

५८ . हिरण्यरेता : स्वर्ण जस्तो तेज भएका

५९ . दुर्धुर्ष : कसैसँग नहार्ने

६० . गिरीश : पर्वतका स्वामी

६१ . गिरिश्वर : कैलाश पर्वतमा बास गर्ने

६२ . अनघ : पापरहित वा पुण्य आत्मा

६३. भुजंगभूषण : साँप तथा नागको आभूषण धारण गर्ने

६४ . भर्ग : पाप नाश गर्ने

६५ . गिरिधन्वा : मेरू पर्वतलाइ धनुष बनाउने

६६ . गिरिप्रिय : पर्वतलाइ प्रेम गर्ने

६७ . कृत्तिवासा : गजचर्म लगाउने

६८ . पुराराति : पुरहरुको नाश गर्ने

६९ . भगवान् : सर्वसमर्थ ऐश्वर्य सम्पन्न

७०. प्रमथाधिप : प्रथम गणों के अधिपति

७१ . मृत्युंन्जय : मृत्युलाइ जीत्ने

७२. सूक्ष्मतनु : सूक्ष्म शरीर भएका

७३. जगब्यापी : जगतमा व्याप्त

७४ . जगद्गुरू : जगतका गुरु

७५ . व्योमकेश : आकाश रूपी कपाल भएका

७६ . महासेनजनक : कार्तिकेयका पिता

७७ . चारुविक्रम : सुन्दर पराक्रम भएका

७८ . रूद्र : उग्र रूप भएका

७९ . भूतपति : भूतप्रेत व पन्चभुतका स्वामी

८० . स्थाणु : स्पन्दन रहित कुटस्थ रूप भएका

८१ . अहिर्बुध्न्य : कुण्डलिनी- धारण गर्ने

८२ . दिगम्बर : नग्न, आकाश रूपी वस्त्र भएका

८३ . अष्टमूर्ति : आठ रूप भएका

८४ . अनेकात्मा :- अनेक आत्मा भएका

८५ . सात्त्विक : सत्व गुण भएका

८६ . शुद्धविग्रह : दिव्यमूर्ति भएका

८७ . शाश्वत : नित्य रहने

८८ . खण्डपरशु : टुटेक‍ फर्सा धारण गर्ने

८९ . अज : जन्म रहित

९० . पाशविमोचन : बंधन से छुड़ाने वाले

९१ . मृड : सुखस्वरूप युक्त

९२ . पशुपति : पशुहरुका स्वामी

९३ . देव : स्वयं प्रकाश रूप

९४ . महादेव : देवताहरुका पनि देवता

९५ . अव्यय : खर्च गरेर पनिनघटने

९६ . हरि : विष्णु समरूपी

९७ .पूषदन्तभित् : पूषाको दाँत उखेल्ने

९८ . अव्यग्र : व्यथित नहुने

९९ . दक्षाध्वरहर : दक्षको यज्ञ नाश गर्ने

१०० . हर : पाप हर्ने

१०१ . भगनेत्रभिद् : भग देवताको आँखा फोर्ने

१०२ . अव्यक्त : इन्द्रियहरुका अगाडि प्रकट नदेखिने

१०३ . सहस्राक्ष : अनन्त आँखा भएका

१०४ . सहस्रपाद : अनन्त पाउ भएका

१०५ . अपवर्गप्रद : मोक्ष प्रदान गर्ने

१०६ . अनन्त : देशकाल वस्तु रूपी परिच्छेद बाट मुक्त

१०७ . तारक : पार लगाउने

१०८ . परमेश्वर : प्रथम ईश्वर