निर्वाचन आयोगविरुद्व मेयर शाहले दायर गरेको रिटको आज सुनुवाइ हुँदै



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले निर्वाचन आयोगविरुद्व दायर गरेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ ।

समयमै निर्वाचन खर्च नबुझाएको भन्दै बालेनलाई निर्वाचन आयोगले ७ लाख ५० हजार जरिवाना तोकेपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । खर्च विवरण बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेपछि त्यसको भोलिपल्ट बालेनले खर्च बुझाएकामा आयोगले जरिवाना तोकेको थियो ।