काठमाडौँ । फागुन १ गतेका दिन जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति विपक्षीसँगै सत्ता साझेदार दलका नेताले पनि असन्तुष्टि जनाएका छन् ।
जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णयप्रति सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि असन्तुष्टि जनाएको छ । आइतबार मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
उक्त बैठकमा राप्रपाका सांसदहरु उपस्थित थिएनन् । आकस्मिक बैठकमा जनयुद्ध दिवसमा बिदा दिने एजेण्डा रहेकाले राप्रपाका मन्त्रीहरु बैठकमा अनुपस्थित भएका थिए ।
राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्मा छन् ।
मन्त्रिपरिषद् बैठकले जनयुद्धको अवसरमा फागुन १ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।