सत्ता गठबन्धनमा लामिछानेको माग- चितवन-२ को उपनिर्वाचन मिति छिटो तोकियोस्



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन-२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । संयन्त्रमा रहेका जसपा, जनमत पार्टी र नागरिक स्वतन्त्र पार्टी सहभागी भएनन्