प्रधानसेनापति शर्माद्वारा कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा भएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।