काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
माओवादीले बुधबार मातहतको कमिटीलाई १३ बुँदे सर्कुलर जारी गर्दै स्थायी, केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको जानकारी दिएको हो ।
माओवादीका २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाएको छ ।
बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत पनि गरेको छ ।
भुसाल पार्टी उपमहासचिवबाट उपाध्यक्षमा बढुवा भएका हुन् । यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ ।
त्यस्तै सर्कुलरमा विचार मिल्ने पार्टीहरुसँग एकताका लागि वार्ता अगाडि बढिरहेको समेत जानकारी दिइएको छ ।