प्रधानमन्त्री र युरोपियन युनियनका आयुक्त उर्पिलेननबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग युरोपियन युनियनकी आयुक्त युट्टा उर्पिलेननले भेटवार्ता गरेकी छन् ।

नेपाल भ्रमणमा रहेकी उर्पिलेननलगायतका प्रतिनिधिमण्डलले बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटमा प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपियन युनियनले तय गरेको रणनीतिका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जनाइएको छ ।