कांग्रेस संसदीय दलको बैठक स्थगित



कामठाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगन गरिएको छ । कांग्रेस संसदीय दलको बैठक बिहीबार (भोलि) बस्ने गरी बोलाइएको थियो ।

बुधबार बैठक स्थगन गरिएको सूचना आएको पार्टी केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमले जानकारी दिइन् । पार्टी संसदीय दल कार्यसमितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।


कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ २६ गते बैठक बस्ने जानकारी दिएका थिए । तर, अर्को मिति नतोकी बैठक स्थगन गरिएको छ । कांग्रेस सांसदहरू राष्ट्रपति पदको निर्वाचन आसपास मात्र बैठक बस्ने सम्भावना रहेको बताउँछन् ।