यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु



काठमाडाैँ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिकाको वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ । 


आयोजना हुने नेपाल भारत विद्युत सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

पूर्णपाठ