गफ नगरौँ, इमान्दार भएर काम गरौँ : उपसभापति गुरुङ



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए ।


‘नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ’, उनले भने, ‘देश बनाउन कर्मशील र इमान्दार नेताको आवश्क छ । दृष्टिकोणसहितको नेताको अभावले जनताले दुःख पाइरहेका छन् ।’

पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए ।

‘तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन’, उनले भने ।