काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले विषेश पत्रकार सम्मेलन गर्ने भएका छन् ।
रविले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।
पार्टी सरकारमा रहने वा नरहने भन्नेबारे आजको बैठकले ठोस निर्णय लिने बताइएको छ । पार्टी बैठक लगत्तै विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले लेखेका छन् ।