काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको हो ।
गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।