प्रमुख दलहरूवीच सहमतिको विकल्प छैन : बाबुराम  भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम  भट्टराईले प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

गृहमन्त्री नियुक्तिको विषयलाई लिएर भइरहेको विवादतर्फ संकेत गर्दै भट्टराईले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम गर्न नहुने बताएका हुन् ।


उनले भनेका छन्, ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूवीच सहमतिको विकल्प छैन।गम्भीर बनौं!’