सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने मैदानमा फर्किएका छन् ।

सन्दीपलाई आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन् । नाबालिग बलात्कारको अभियोगमा ९९ दिन जेल बसेर हालै जेलमुक्त भएका सन्दीप आइसिसी विश्वकप लिग–२ अन्तर्गत खेलका लागि बन्द प्रशिक्षणमा रहने भएका हुन् ।


आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई समेट्दै दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो । जसमा सन्दीप पनि परेका हुन् । यसअघि पहिलो चरणमा २८ सदस्यीय टिम घोषणा भएको थियो ।