अरुण तेस्रोको सुरुङ भत्किँदा एक कामदारको मृत्यु, दुई घाइते



संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र भत्किँदा एक जना कामदारको मुत्यु भएको छ ।

पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर एक जनाको मत्यु भएको र दुई जन घाइते भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् । भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् ।

दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।