फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे निर्णय लिन्नँ : प्रधानमन्त्री



काठमाडौँ । नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका हुन् ।


पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता समेत रहेका नेता कृष्णबहादुर महराले भने, ‘‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ, फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ ।’

उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको महराले बताए । ‘राष्ट्रपतिका सवालमा सकेसम्म एमालेसहितको राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धारणा आएको छ’, महराले भने, ‘राष्ट्रपति को हुन्छ भन्नेमा अझै समय बाँकी रहेकाले छलफल गर्दै जाने बताए । 

मंगलबारको बैठकमा हिजो बोल्न बाँकी स्थायी समिति सदस्यहरूले धारणा राखेको बताए ।