प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी



काठमाडौँ । संसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।

इलामका आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।


उनको पोष्टमा आफूलाई असहयोग गर्ने, कारोबारमा बाधा पुर्‍याउनेहरुको नाम उल्लेख गरेका थिए । अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन् ।

आफैलाई आगो लगाएपछि गम्भीर घाइते भएका आचार्यको बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।