आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनायो : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।

नेता को्इरालाले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै यसप्रकारका घटनाका पछाडीका कारण बारे बहस गरेका अबका दिनमा यस्ता घटना हुन नदिन राज्यले ध्यान दिनुपर्ने बताएका हुन ।


उनले आम नेपाली जनमानसमा आएको नैरास्यता बारे बहस गरी अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने भनी सरकारलाई प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने ?’ उनले भने ।

आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।