ट्रकको ठक्करबाट एककाे मृत्यु



२३ असाेज । सुनसरीको दुहबी नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोशी राजमार्गअन्तर्गत एनएल०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।