जसपा र नेकपा एसको एकता : एक अर्काको दस्तावेज अध्ययन गर्दै कार्यदल



काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) बीचको एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको छ । 

एकताका लागि दुबै दलले बनाएको वार्ता समितिको शुक्रबार सम्पन्न बैठकले दस्तावेज अध्ययनका लागि समितिसमेत बनाएको छ । वर्तामा समितिमा जसपाका गोविन्द चौधरी र एकीकृत समाजवादीका डा. विजय पौडेल सदस्य रहेका छन् । उनीहरुले पार्टीका दस्तावेज खोज्ने र अध्ययन गर्ने काम सुरु गरेका छन् ।


दस्तावेज अध्ययन कार्यदलले दुबै पार्टीबीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेस गर्ने जिम्मेजारी पाएको छ ।

कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको वार्ता समिति तथा दस्तावेज अध्ययन समितिका सदस्यसमेत रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।