उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काडमाडौँ । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारी बैठकले केन्द्रीय सदस्यसमेत रहेकी सांसद यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो । उनी समानुपातिक सांसद हुन् ।


कांग्रेसले सभामुख पदमा पार्टीबाट ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर, बिहीबार भएको निर्वाचनमा उनी एमालेका देवराज घिमिरेसँग पराजित भइन् ।