सभामुख देवराज घिमिरेले लिए शपथ



काठमाडौँ । प्रतिनिधिसभाको सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शितल निवासमा आयोजित समारोहबीच सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।


सत्ता गठबन्धनका तर्फको घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका थिए । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपालगायतले उनलाई मतदान गरेका थिए । निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएको थिएन ।