यात्रुबसले ठक्कर दिँदा पैदलयात्रीकाे मृत्यु



२२ असाेज । रसुवाबाट काठमाडौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक जागेश्रवर भण्डारीले बताए ।


ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।