पाकिस्तानमा सुरक्षा बलले गरेको कारवाहीमा चार जना आतङ्ककारी मारिए



पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीका क्रममा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनाका आधारमा सुरक्षा बलले कारवाही गरेको हो । प्रतिआतङ्कवाद कारवाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो ।

सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराउनका लागि बम विछ्याउनेलगायत आतङ्कवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध कारवाही गरिएको हो ।


पाकिस्तनी सेनाको सञ्चार शाखा अन्तरसेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएअनुसार कारवाहीका क्रममा आतङ्कवादीबाट विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।