सभामुख निर्वाचन उम्मेदवारीबारे निर्णय लिन धुम्बाराहीमा कांग्रेसको बैठक जारी



काठमाडौँ । सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक जारी छ । देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकमा सभामुखको निर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।

संसद्मा बुधबार सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची रहेकोमा कांग्रेसले भने अझै सभामुखका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्क्योल गरिसकेको छैन ।


यदि पार्टीले उम्मेदवारी नदिने भए कसलाई समर्थन भन्नेलगायतका विषयमा छलफल हुनेसमेत पौडेलले बताए । कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जनाएको छ ।