मकवानपुर । बागमती प्रदेशको उपसभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका हुन् ।
आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिएको बगमती प्रदेश सचिवालयले जनाएको छ ।