अफगानिस्तानमा बम विस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु



अफगानिस्तानको राजधानी काबुलस्थित परराष्ट्र मन्त्रालय नजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ ।

मन्त्रालय नजिकै बम विष्फोट गराइएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ । हमलामा कम्तीमा १० जनाको मृत्यु भएको र अन्य ५३ जना घाइते भएका अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग (युएनएएमए) ले जनाएको छ ।


घटनाको अनुसन्धान जारी राखेको पनि युएनएएमएले जनाएको छ । सन् २०२१ अगस्ट मा तालिबान सत्तामा फिर्ता भएपछि अमेरिकी नेतृत्वको दुई दशक लामोयुद्धको अन्त्य भएको थियो । जसले हिंसामा उल्लेखनीय कमी ल्याएको भए तापनि हालका महिनाहरूमा सुरक्षा बिग्रन थालेको छ ।