![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
२० असाेज । नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बंैकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
यसअघि बंैकले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)