रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरूसंग आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टीको सिंहदरबारमा बसेको आइतबारको बैठकले सत्ता गठबन्धनलाई बलियो बनाउँदै सरकार सञ्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने निष्कर्ष निकाल्दै साझेदार दललाई पनि विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो ।


गठबन्धन सरकारलाई थप मजबुद बनाउन र जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकारलाई बलियो बनाउनपर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए । 

बैठकमा महामन्त्री मुलुक ढकालले सरकारको न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दाहरूलाई कसरी कार्यान्वयन गराउने भन्ने बारेमा पनि छलफल भएको परियारले जानकारी दिए ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले देशको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारले गरिरहेका काम, सत्ता साझेदार दलसँग भइरहेका छलफलबारे जानकारी गराएका थिए।