छिमेकीहरू सरकार फेरफार गर्नुपर्छ भनेर लागेका छन् : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी हस्तक्षेपविरुद्ध प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध चलखेल सुरु भएको बताएका छन् ।

शनिबार आयोजित पार्टीका निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको समेत दाबी गरे ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन, कम्पाउण्डबाट झरेर नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन् । हामी छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं । त्यसैले यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने पर्ने केही छैन ।’