उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु



उत्तरी युगाण्डाको ओयाम जिल्लामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको घटनास्थलमै मृत्यु भएको पाइएको थियो भने अन्य चार जना उपचारकाक्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनाको कारण बारे भने अनुसन्धान जारी छ । पछिल्लो समय यहाँ सडक दुर्घटनाको संख्या बढ्दै गएको छ ।