काडमाडौँ । नेकपा एकीकृत समाजवादीले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ । आज बसेको सो पार्टीको सचिवालय बैठकले वाम एकताको पहलको गर्न कार्यदल गठन गरको हो ।
वाम एकताको पहलको गर्न पार्टीका महासचिव वेदुराम भुसालको नेतृत्वमा चार सदस्सीय समिति गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलमा समितिमा महासचिव भुसालसँगै गंगलाल तुतधार, प्रकाश ज्वला र विजयी पौडेल रहेका छन् ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्ने छ । उनले भने, ‘अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्छ । व्यक्ति र संस्था सबैलाई जोड्ने प्रयत्न रहन्छ ।’