काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बसेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् ।
उनको अनुसार आजको बैठकमा एमाले र माओवादी केन्द्रलगायत सात दलीय गठबन्धन सरकारमा जाने कि नजाने विषयमा समेत छलफल हुने भएको छ । पार्टीभित्रै दुई धार देखिएपछि अहिलेसम्म एकीकृत समाजवादीले सरकारमा जाने कि समर्थन मात्र गर्ने भन्नेमा निर्णय गर्न सकेको छैन ।