काठमाडौँ । नेपाली कांग्रेसले माओवादीले गर्दा गठबन्धन टुटेको बताएको छ । आज पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतोले प्रचण्डले गर्दा गठबन्धन टुटेको बताएका हुन् ।
उनले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कहिँकतै हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फपनि हामीले यसलाई प्राथमिकतामा राखेनौं। त्यो अवस्थामा यो गठबन्धन तोड्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली कांग्रेस पार्टी दोषी छैन। नेतृत्व प्रचण्डजीलाई दिएर यो गठबन्धन बचाउँने बारेमा हामीले छलफल गरेर त्यो निष्कर्ष पुग्न, त्यो विकल्पमा पनि जानेकि भन्ने एउटा निर्णयमा पुग्ने समय प्राप्त हामीलाई भएन।’