म्याच फिक्सिङको निष्पक्ष छानबिन गर्न पारस खड्काको माग



काठमाडौँ । नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले म्याच फिक्सिङको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।मंगलबार सामाजिक संजालमार्फत खड्काले यस घटनाको निष्पक्ष छानबिनको माग गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचढावकाकै बीच नेपाल टी-२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ । खेलाडीहरुको बर्षौंदेखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाइ कडा कारवाही गरियोस् ।’