दाङ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
महरा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन् ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।