![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
१७ असाेज । गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो ।
उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गरेका थिए । प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)