मोरङ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए ।
प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ ।
आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले जानकारी दिए । दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् ।