काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरुलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।