काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएको थियो । संसदीय दलको नेतामा अशोक राई र राजकिशोर यादवले दाबी गर्दै आएपनि यादव निर्विरोध दलको नेतामा चयन भएका हुन् ।
अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई निर्विरोध नेतामा चयनका लागि प्रस्ताव गरेका थिए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । यस्तै जसपाको सरकारमा सहभागिताका विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८–१९ मा बस्ने भएको छ।