राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान



काठमाडौँ । संघीय संसद्‍ अधिवेशन पुस २५ गतेका लागि आह्वान गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पुस २५ गते साेमबार दिउँसाे १ बजेका लागि संघीय संसद्काे अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो ।


यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।