बालकोटमा बन्ला नयाँ सत्ता समीकरण ? रवि–प्रचण्डसहित चार दल वार्तामा



काठमाडौँ । संसदमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुको घुइँचो लागेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासबाट बाहिरिएका छन् । झापाबाट काठमाडौँ आएका लिङ्देन सोझै ओलीनिवास बालकोट पुगेका थिए ।


बालकोटमा लिङ्देनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाका नेता अशोक राई पनि पुगेको बताइएको छ ।

नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच तीव्र छलफल चलिरहेका बेला नेताहरु भेटघाटमा व्यस्त बनेका हुन् । राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा आजै सकिँदैछ । यसअघि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।