बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन



काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) समेत थिए ।


यस्तै उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत हुन्। ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात गरेका थिए । यसैबीच बुद्ध एयरले संस्थापक अभिभावक गुमाउनुपर्दा मर्माहत र स्तब्ध भएको जनाएको छ ।