नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन : मन्त्रालय



काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ.७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । 

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । 


यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’