काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरुले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए।
‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन। चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो। अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो। यसको असर निर्वाचन परिणाममा देखियो। जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो।’
नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाईसमेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए। ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो। यसपटकको तितो पाठ–संगठनको मात्रै भर गर्यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो,’ उनले भने।