![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडाैँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २६–२४ ले पराजित भयो भने दोस्रो सेटमा २५–२२ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २५–२१ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)