राष्ट्रिय पोशाकमा शपथ लिन आफ्ना सांसदलाई एमालेको निर्देशन



काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा सांसदहरुको सपथका क्रममा राष्ट्रिय पोसाकमा उपस्थित हुन नेकपा एमालेले सांसदहरुलाई निर्देशन दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सपथ लिनका लागि राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए ।


नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।