रवि लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, शपथको बाटो खुल्यो



काठमाडौँ । नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

लामिछानेले नागरिकता किर्ते गरेको दाबी गरेर उनलाई सांसदका रूपमा शपथ खुवाउन नमिल्ने जिकिर गर्दै युवराज पौडेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।


बुधबार उक्त रिटमा सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले अब दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ । योसँगै अब लामिछानेले भोलि सांसदको शपथ लिने बाटो खुलेको छ । भोलि दिउँसो १ बजे सांसदहरूले शपथ खाँदै छन् ।