काठमाडौँ । भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेको जनाइएको छ ।
बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आएका थिए । धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने गरेको पनि कोषले जनाएको छ । यसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि योगदान गरिरहेको छ । पशुपतिनाथलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन् । विश्वका जुनसुकै कुनामा रहेका हिन्दू पनि जीवनकालमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् ।