तनहुँको कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द हुने



तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए ।


सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।

“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”